कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी’

कान्तिपुर संवाददाता

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी भएको विद्यार्थी र अभिभावकले आरोप लगाएका छन् । विश्वविद्यालयअन्तर्गत मोरङको गोठगाउँमा रहेको जीपी कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर (जीपीसीआर) मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका हुन् ।

‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी’

गत मंसिरमा कलेजबाट चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले दिएको दोस्रो सेमेस्टरको परीक्षाको नतिजा अपेक्षाविपरीत आएपछि रि–चेकिङको माग गर्दा परीक्षा नियन्त्रण कार्यालयले रि–चेकिङको प्रावधान नभएको जनाएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् ।


जीपीसीआर स्टुडेन्ट टिमका सल्लाहकार अनुप चापागाईंले दोस्रो सेमेस्टरको प्रिन्सिपल्स एन्ड प्राक्टिस अफ हर्टिकल्चर विषयको परीक्षाको नतिजामा ८ जना अनुत्तीर्ण भएको नतिजा आएको बताए ।


रि–टोटलिङ गर्दा वर्तमान ऐन कानुनविपरीत कबुलियतनामा गर्नुपर्ने दबाब सम्बन्धित कार्यालयले आफूहरूलाई दिएको विद्यार्थीहरूको भनाइ छ ।


पाँच दर्जन बढी विद्यार्थीसँगै अभिभावकहरूको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अभिभावक मोहन कार्कीले त्रिभुवन र पोखरा विश्वविद्यालयले रि–चेकिङलाई अंगिकार गरिसकेको अवस्थामा पीयूले मनोमानी गर्दै आएको बताए ।

प्रकाशित : श्रावण १९, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?