बालिका बलात्कारको आरोपमा युवक पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — प्रहरीले हतुवागढी गाउँपालिका- २ का एक युवकलाई आमचोक गाउँपालिका-६ की ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । 

गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर युवकले बलात्कार गरेका थिए । बलात्कार गर्ने युवकको परिचय खुलाइएको छैन ।


बालिकाले घटनाबारेमा भोलिपल्ट मात्र आमालाई बताएकी थिइन् । त्यसपछि बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएका थिए ।


पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । अरोपी युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रकाशित : श्रावण १८, २०७६ १३:५०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रामेछापको खाँडादेवी गाउँपालिका-३ को वडा कार्यालयमा विस्फोट

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीको वडा कार्यालयमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ । विस्फोटबाट वडाको कार्यालय भवनमा क्षति भएको छ ।

कार्यालय सञ्चालन भएको कोठामा रहेका महत्वपूर्ण कागजात, फर्निचर र मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले विस्फोट गराउनेको पहिचान नखुलेको र उक्त घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ। घटना शनिबार बिहान करिव ३ बजे भएको थियो।

टायरमा सिलिण्डर राखेर आगो लगाइ उक्त विस्फोट गराएको प्रहरी निरीक्षक शेष अदालतले जनाएका छन्। घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय चोप्राङ्ग र प्रहरी चौकी सित्खाको टोली घटनास्थलमा पुगेको र यसबारे विस्तृत विवरण आउन बाँकी रहेको समेत अदालतले जनाएका छन्।

दुइदिन अघि मात्र नेत्रविक्रम चन्द समूहले रामेछापको दोरम्बा गाउँपालिका-१ डाडाँकटेरीमा रहेको एनसेलको टावरमा विस्फोट गराएको थियो।

प्रकाशित : श्रावण १८, २०७६ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×