कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैनिक उपभोग्य अभाव सुरु

डम्बरसिं राई

खोटाङ — झरीले सडक भत्किएपछि ढुवानी हुन नसक्दा जिल्लामा दैनिक उपभोग्य वस्तु अभाव सुरु भएको छ । दुई साताअघि सहरसँग सिधा सम्बन्ध गाँस्ने सडक भत्किएपछि दिक्तेल लगायतका अन्य पालिकाका व्यापारिक केन्द्रहरुमा उपभोग्य अभाव सुरु भएको हो ।

दैनिक उपभोग्य अभाव सुरु

तराईका सहरसँग सिधा यातायात सम्बन्ध टुट्दा ग्यास, चामल, नुन, चिनी, तेल लगायतका उपभोग्य वस्तु अभाव सुरु भएको हो । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईका अनुसार अब एक साताभित्र सडक सुचारु नभए थप अभाव सिर्जना हुने छ ।

सडक सञ्चालनका लागि सोलु, ओखलढुंगा, उदयपुर लगायतका उद्योग वाणिज्य संघसँगको समन्वयमा सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए ।


प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने उपभोग्य वस्तु अभाव नभएको बताएका छन् । यद्यपि सडक खुलाउने बारे पहल भइरहेको प्रजिअ उपाध्यायले बताए । स्थानीयले भने खोजेको उपभोग्य वस्तु बजारमा नपाएको बताएका छन् ।

उनले भने, ‘सडक अवरुद्धको बहानामा कृतिम अभाव गराइएको पनि हुन सक्छ ।’ उनले थपे,‘यसमा सिडिओ लगायतका सम्बन्धित निकायको चेत खुल्न पर्ने हो ।’

प्रकाशित : श्रावण ७, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?