कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा अवरुद्ध सडक खुल्यो

आनन्द गौतम

ताप्लेजुङ — अविरल वर्षाका कारण अवरुद्ध गणेशचोक-तेल्लोक सडक सञ्चालनमा आएको छ । सिरिजंघा गाउँपालिकाबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ र पाँचथर जोड्ने सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए ।

गुरुङका अनुसार मौसममा सुधार आएपछि हिजो दिनभरी स्काभेटर मेसिन लगाएर सडक सञ्चालनमा ल्याइएको हो ।


यो सडक अवरुद्ध हुँदा सदरमुकामबाट कञ्चनजंघा आधारशिविर तथा जिल्लाको पूर्वी क्षेत्रको आवागमन ठप्प हुन्छ । धेरैलाई असुविधा हुने भएकाले गाउँपालिकाले जोखिमको सम्भावित क्षेत्रमा मेिस0न तैनाथ राखेको गुरुङले बताएका छन् ।


प्रकाशित : श्रावण १, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?