कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता

विराटनगर — मोरङको पथरी शनिश्चरे नगरपालिका ६ की एक बालिकाको पैनीमा डुबेर मृत्यु भएको छ । अर्की बालिका बेपत्ता भएकी छन् ।प्रहरीका अनुसार स्थानीय राजीव तामाङकी ११ वर्षीया छोरी सिर्जना र इलामको दानाबारी ९ का कृष्ण तामाङकी ८ वर्षीया छोरी प्रिती तामाङ सुनवर्षीस्थित फुपूको घर जान भनेर हिँडेका थिए ।

साइकलमा गइरहेका उनीहरु गाउँ नजिकको पैनीमा डुबेर बेपत्ता भएका थिए ।


खोजी गर्ने क्रममा प्रिती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएकी सिर्जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ३१, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?