कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ सरकारको निर्णय : मृतक परिवारलाई दुई लाख, घाइतेको उपचार नि:शुल्क

मोरङ — प्रदेश १ सरकारले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले मृतक परिवारलाई जनही दुई लाख र घाइतेको उपचार गराउने निर्णय गरेको हो । 

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मृतक परिवारलाई दुई लाख बाढीपहिरोमा घाइते भएकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय भएको बताए ।


उनले निजी अस्पतालमा उपचार गराउनेकाे ५० हजारसम्म उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए ।

प्रकाशित : असार २९, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?