कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहदानीमा घुस लिने २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

विराटनगर — जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा विनोदबाबु बिसी र युवा स्वरोजगार कार्यक्रम स्वयंसेवक भानुभक्त आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको छ ।

राहदानीको प्रतिलिपि दिन सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । हराएको राहदानीको प्रतिलिपि निकाल्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको थियो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले कार्यक्रम स्वयंसेवक आचार्यलाई सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । यसैगरी घुस लिन अह्राएको आरोपमा नायव सुब्बा बिसीलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।


प्रकाशित : जेष्ठ ६, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?