कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका तीन कार्यकर्ता प्रक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — नेत्रविक्रम चन्द समुहका तीन कार्यकर्तालाईर् प्रहरीले प्रक्राउ गरेको छ । टेम्केमैयङु गाउापालिका-४ नागिका सञ्जय राई, पौवादुम्मा गाउँपालिका-३ च्याङ्गेका विकास राई र साल्पासिलोछो गाउँपालिका-२ कुलुङ्गका महेन्द्र तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चन्द समूहका तीन कार्यकर्ता प्रक्राउ

प्रक्राउ परेका सञ्जय र महेन्द जिल्ला सदस्य हुन भने विकास विद्यार्थी संगठनका जिल्ला अध्यक्ष भएको चन्द निकट स्रोतले जनाएको छ ।


राईद्वयलाई भोजपुर सदरमुकामबाट प्रक्राउ गरेको हो । उनीहरुको जिल्ला प्रशासन मार्फत म्याद थप गरिएको डिएसपी केशवकुमार थेवेले बताए । तामाङलाई सदरमुकाम ल्याइरहेको उनले बताए ।


प्रकाशित : चैत्र १२, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?