कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

क्याम्पसमा ताला, अनशनमा विद्यार्थी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्लाेनाेली कलेजका विद्यार्थीले क्याम्पसमा ताला लगाएर रिले अनशन सुरु गरेका छन् ।

क्याम्पसमा ताला, अनशनमा विद्यार्थी

पाँच वर्षदेखि सञ्चालित यो क्याम्पसलाई विश्वविद्यालयले इन्जिनियरिङ काउन्सिलमा अझै दर्ता नगर्दा उत्तीर्ण भएका विद्यार्थीले अघिल्लो चरणको अध्ययन गर्न र रोजगारीका लागि आवेदन दिन नपाएको भन्दै उनीहरूले क्याम्पसमा तालाबन्दी गरेर रिले अनशन बसेका हुन् ।

यो क्याम्पसको पहिलो व्याजका ४८ विद्यार्थीमध्ये ७ जना नियमिततर्फमा उत्तीर्ण भएका छन् । काउन्सिलमा दर्ता नभएका कारण उनीहरूले अहिलेसम्म सर्टिफिकेटको सदुपयोग गर्न नपाएको र दोस्रो सेमिस्टारको पनि परीक्षाको नतिजा आउने बेलासम्म क्याम्पसले इन्जिनियरिङ परिषद्मा दर्ता गराइएको छैन ।

काउन्सिलमा दर्ता प्रक्रिया भइरहेको र साताभित्रमा दर्ता भइसक्ने क्याम्पस प्रमुख मनोजकुमार हलवाइको भनाइ छ । उनले काउन्सिलमा दर्ता गर्नैका लागि उपकुलपति घनश्यामलाल दाससहितका पदाधिकारी सक्रिय रूपमा खटिरहेको दाबी गरे ।

त्यसैगरी क्याम्पसमा नियमित अध्यापन नहुने, प्रयोगात्मक सिकाइको शुल्क विद्यार्थीबाट लिए पनि प्रयोगात्मक कक्षा नहुने, गुणस्तरीय अध्यापन नहुँदा परीक्षामा अत्यन्तै न्यून विद्यार्थी उत्तीर्ण हुने र समयमा कोर्ष पूरा नहुने भन्दै क्याम्पस प्रशासनविरुद्ध विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित : माघ १८, २०७५ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?