कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगशालामा फर्किएको रौनक [तस्बिरहरू]

तस्बिर: अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाल र भारतबीच भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका कारण बिहीबार दशरथ रंगशाला उत्सवमय बन्यो । कोरोना भाइरस संक्रमणले लामो समयदेखि दर्शकहरुको उपस्थितिमा खेल खेलाइएको थिएन । तर बिहीबार भने स्वास्थ्य मापदण्डसहित दर्शकको उपस्थितिमै खेल भएपछि रंगशालाको माहोल तातिएको हो । फुटबल हेर्ने दर्शकले रंगशालामा प्रवेशका बेला खोपको दुवै मात्रा लिइसकेको अथवा पीसीआर परीक्षण गरेको नतिजा पेस गर्नुपरेको थियो । फुटबल र खेलाडीलाई बेलाबेला स्यानीटाइज गरिएको थियो । दुई देशबीचको मैत्रीपूर्ण खेल भने १–१ को बराबरीमा टुंगिन पुग्यो । कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै दर्शकहरुलाई दुई सिट छोडेर राखिएको थियो । तस्बिरहरु : अंगद ढकाल

रंगशाला प्रवेशअघि दर्शकको खोप कार्ड जाँच्दै । तस्बिर : हेमन्त श्रेष्ठ

सुरक्षामा खटिएका नेपाल प्रहरीका जवानहरु । तस्बिर :अंगद ढकाल

दर्शकले भरिभराउ रंगशाला । तस्बिर : हेमन्त श्रेष्ठ

टिम नेपाल । तस्बिर : हेमन्त श्रेष्ठ

खेलको दौरान बलमा सानीटाइज गर्दै ’बल बोइ’ । तस्बिर :अंगद ढकाल

खेल मैदान बाहिर खेलाडी र अफिसियलहरुको लागि राखिएको स्यानीटाइजर । तस्बिर : अंगद ढकाल

खेलको दौरान दर्शकसँग उत्साहित हुँदै नेपालका क्याप्टेन किरण चेम्जोङ । तस्बिर : अंगद ढकाल

खेलको मध्यान्तरसम्म नेपालको स्कोर । तस्बिर :अंगद ढकाल

रंगशालाभित्र सुरक्षामा खटिएका नेपाल प्रहरीका जवानहरु । तस्बिर : अंगद ढकाल


प्रकाशित : भाद्र १७, २०७८ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्