कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झाँक्रीको रिहाइ माग गर्दै नेकपाको प्रदर्शन, बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, कविन अधिकारी

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।   

माइतीघरबाट बानेश्वर पुगेका नेकपा निकट युवा विद्यार्थीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । निषेधित क्षेत्रमा लगाइएको काँडे तारबार भत्काउन खोजेपछी अहिले सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भइरहेको छ । आक्रोशित प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने त्यस क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।  प्रहरीले बिहीबार मध्यान्ह झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो । उनलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो ।


प्रकाशित : माघ २९, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्