१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कविन अधिकारी

कविन अधिकारीका लेखहरु :

सहाराका सारथि

गाउँघर, डाँडापाखा, कृषि कर्म । चार वर्षअघिसम्म जीवनका दिन सामान्य थिए । सोलुखुम्बुका टेकबहादुर बुढाथोकीको दिनचर्या २०७४ यता फेरिएको हो । घाँस काट्न जाँदा भीरबाट खसेका उनको कम्मरमुनिको भाग चल्दैन । अहिले ह्वीलचियरसँगै दैनिकी चलाइरहेका छन् । आफूले पाएको दुःख सम्झेर उनी अहिले ह्वीलचियर बनाउने तथा मर्मत गर्ने काम गर्छन् । आफ्नो कामले अरुको जीवनयापन सहज भएको देख्दा उनलाई धेरै खुसी लागेको छ । ह्वीलचियर प्रयोगकर्ताका लागि सहयोगी काम गरिरहेकाहरुमा बुढाथोकी एक्ला होइनन् ।

यसरी हुँदैछ सभापतिको मतगणना [तस्बिरहरू]

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा ल्याएर अहिले मतगणना सुरु गरिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य [तस्बिरहरु]

छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । काठमाडौं उपत्यकाको वाग्मती किनार, कमलपोखरी, स्वीमिङ पुल आदिमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

अब चाहिँदैन स्कुल ? [तस्बिरहरु]

कोरोना संक्रमण सुरु भएयतादेखि नै विद्यालयहरू बन्द छन् । भौतिक दूरी कायम नगरे संक्रमणको जोखिम नघट्ने भएपछि सरकारले नै विद्यालय खुलाएको छैन । बालबालिकालाई बोलाएर कक्षा चलाउन नसकिने भएपछि विद्यालयहरूले अनलाइन कक्षा चलाएका छन् । शिक्षक–विद्यार्थीको विद्यालयमा भौतिक उपस्थिति बाधित भएको वर्ष दिन भयो । लाखौंको लगानीमा तयार गरिएका भवन रित्ता छन्, डेस्क–बेन्चमा धूलो जमेका छन् भने विद्यालय परिसरमा झार उम्रिएको छ ।

भाडा समायोजन लगायतका मागसहित यातायात व्यवसायीद्वारा प्रदर्शन

सार्वजनिक यातायात व्यवसायीहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा व्यवसायीहरुले चक्रपथ वरपर गाडीको र्‍याली निकालेका थिए । यातायात व्यवसायीका ७ बुँदे माग तत्काल पूरा गर्नुपर्ने भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले प्रदर्शन गरेको हो । महासंघले कोभिड खोप सम्बन्धमा, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन सम्बन्धमा, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गरिनुपर्ने माग राखेको छ ।