कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बख्तरबन्दले लगाए चक्रपथ चक्कर [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति दस बजेपछि काठमाडौंको चक्रपथमा चक्कर लगाएका छन् । नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको हो ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो । सेनाले आवश्यकताअनुसार बेलाबखतमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ । त्यस्तै ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।


प्रकाशित : माघ १९, २०७७ २२:५९
प्रतिक्रिया
पठाउनुहोस्