कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले यसपालिको तीज यस्तै भयो [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : दीपक केसी

काठमाडौँ — हिन्दू महिलाहरुको मुख्य पर्व तीजमा यस वर्ष विगतमा जस्तो रौनक छैन । तीजको दिन सधैं भीडभाड, चहलपहल, नाचगान देखिने पशुपति क्षेत्र शुक्रबार सुनसान देखिएको छ। एकदमै थोरै मात्रामा मात्रा भक्तालु महिलाहरु दर्शनको लागि आएका छन् ।

पशुपति क्षेत्र आसपासकै थौरै महिलाहरु भने दर्शनका लागि आएका छन् । मन्दिर नखुलेकाले केहीले ढोकैबाट दर्शन गरेर फर्किएका छन् भने केही वाग्मती किनारमै पूजाआजा गरी फर्किएका छन् ।

त्यसैगरी काठमाडौंका सडकछेउमा रहेका केही शिव मन्दिर खुलेका छन् । सडकछेउ र भित्री बाटोमा रहेका शिव मन्दिरमा पनि दर्शनका लागि महिलाहरु पुगेका छन् ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले उपत्यकामा बुधबार मध्यरातदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले यस पटकको तीज धेरैले घरमै मनाउनुपर्ने भएको छ ।


प्रकाशित : भाद्र ५, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्