कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

रामग्राममा पोखिएको प्रधानमन्त्रीको प्रतिष्ठा

पाठक पत्र

गौतम बुद्धको अस्तिधातु समाधिस्थल रामग्राम क्षेत्र उत्खनन एवं सरचना निर्माण कार्यको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको समाचारको मसी सुक्न नपाउँदै प्रतिनिधिसभाको सार्वजानिक लेखा समितिले उत्खनन र संरचना निर्माणसम्बन्धी सबै प्रक्रिया नै खारेज गर्न निर्देशन दिएको छ । यसबाट देशको कार्यकारी प्रमुखको साख र प्रतिष्ठामा ठूलो प्रश्न उठेको छ ।

प्रधानमन्त्रीजस्तो मान्छेले कसैले उद्घाटन, शिलान्यास गर्न बोलायो भन्दैमा बुझ्दै नबुझी जानु नै विडम्बनापूर्ण छ । सरोकार निकायहरूले लिखित असहमति राख्दाराख्दै लुम्बिनी विकास कोषले रामग्राममा संरचना निर्माण गर्ने गरी बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई ९९ वर्षसम्मका लागि जग्गा लिजमा दिने समझदारी गरिएको थियो ।

दान पेटिकामा झर्ने भेटीमा समेत ठेकेदार कम्पनीलाई २० प्रतिशत दिनुपर्ने समझदारी गरिएको थियो । प्रचण्डबाट हतारहतार शिलान्यास गराएर काम अगाडि बढाउन खोजिएको थियो । त्यसलाई रद्द गर्न निर्देशन दिने निर्णय गरेर सार्वजानिक लेखा समितिले देश हितमा ठूलो काम गरेको छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : फाल्गुन १, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×