कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चक्रपथ एक्सप्रेस वे होइन

कान्तिपुर संवाददाता

चीनको सहयोगमा कोटेश्वर–कलंकी खण्ड चक्रपथ सडक विस्तार कार्य सम्पन्न भई नेपाल सकारलाई हस्तान्तरण भइसकेको छ  । २०१७ जुलाईमा सम्पन्न गर्नेगरी सम्झौता भएकोमा भूकम्प, नाकाबन्दी तथा सरकारको समन्वय अभावका कारण पटक–पटक म्याद थप्नुपर्दा ढिलाइ भएको हो  ।

चीन सरकारबाट कलङ्की–कोटेश्वर ८ लेन सडकको निर्माण पूरा नहुँदै हस्तान्तरण भएको जनगुनासो छ । हालसम्म पनि बल्खु–कलङ्की १.५ किलोमिटर सडक खण्डको (दायाँतर्फको सर्भिस लेन लगायत) निर्माण कार्य सकिएको छैन । चक्रपथ सुधार आयोजनाका अनुसार कलङ्कीदेखि बल्खुसम्मको सडक कालोपत्रे गर्ने जिम्मा सडक विभागको हो । त्यही भाग आजसम्म जस्ताको तस्तै छ । जसले गर्दा विगतजस्तै मौसमी हिलो वा धुलोको समस्या यथावत छ । हस्तान्तरण भइसकेको सडकको या हविगत लज्जास्पद हो ।
सडक विज्ञहरूका अनुसार चक्रपथ सहरी सडकको रूपमा नभई एक्सप्रेस वेजस्तो भएको र सडकमा आवश्यक जेब्राक्रस, सर्भिस ट्रयाक र आकाशेपुल, ट्राफिक लाइट लगायत धेरै क्रुटि छन् । हाल चीनकै सहयोगमा कलंकी–चावहिल खण्ड चत्रपथ सडक विस्तार कार्यको लागि काम प्रारम्भ भएको छ । यसमा कोटेश्वर–कलंकी खण्डको जस्तो त्रुटि नदोहोरियोस् ।
– प्रदीप सुवेदी, कलंकीस्थान, काठमाडौं

प्रकाशित : कार्तिक २१, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?