सकारात्मकताको खोजी

कान्तिपुर संवाददाता

बिहान चियाको सुर्कोसँगै कान्तिपुर हेर्दा मन विह्वल भयो  । कारणहरू धेरै छन्  ।

सुरुमै ‘डायलाइसिस कि प्रत्यारोपण ?’ मा आँखा पर्‍यो । यो शीर्षक मलाई नकारात्मक लाग्यो । यस्ता बिरामी देशभरि कति छन् कति ? किन पनि नकारात्मक लाग्यो भने देशको कार्यकारी सम्हालेको व्यक्तिको स्वास्थ्य बारेको सो खबर देश कति अशक्त ढंगले सञ्चालित छ भन्ने उदाहरण हो । अशक्त प्रधानमन्त्रीले कसरी देशलाई हाँक्न सक्छ र ? ‘सातै प्रदेश पमुख पदमुक्त’ यो अर्को अचम्मको खबर देखियो । कारण गत शनिबारसम्म सबै प्रदेश प्रमुखहरू लायक थिए, आइतबार एकाएक नालायक भए, खबरले सोही कुरा भनिरहेको थियो । हो, सरकारले राम्रो काम गर्ने अथवा नेतृत्व बहन गर्न नसक्ने बेठिक काम गर्ने जोकोहीलाई पुरस्कार, दण्ड, सजाय, बढुवा, खोसुवाजस्ता कारबाही गर्न सक्छ । तथापि सामाजिक सञ्जालको अध्ययनमा सो सूचनालाई आममानिसले नकारात्मक रूपमै लिएको पाइयो ।
‘यात्रुको भारले बस सुनकोसीमा’ तेस्रो समाचार ।
यो टिपोट लेखुन्जेल सो दुर्घटनामा १७ को मृत्यु र ५२ घाइते भन्ने आयो । अघिल्लो अंक कति बढ्ने र दोस्रो कति घट्ने हो, थाहा छैन । ७० यात्रु बोकेको अनुमान गरिएको छ । पत्रिकाले थप बोल्यो दसैंदेखि तिहारसम्म १ महिनामा सवारी दुर्घटनाबाट मात्र १ सय ३९ को मृत्यु भएको छ । तथ्यांक सत्य हो भने सरकार के गरिरहेको छ भन्ने प्रश्न उठिहाल्छ ।
‘तीन आयोगले प्रतिवेदन बुझाउन पाएनन्’ । किनभने आयोगमा पदाधिकारी नियुक्त भएनन् ।
ती नियुक्ति माथि चन्द्रलोकबाट हुनुपर्ने कि कताबाट हो ? ठूलो विडम्बना । ‘राजनीतिक आडमा ३६ गुन्डा नाइके’ अर्को समाचार । विभिन्न राजनीतिक दलसँग सम्बन्धित गुन्डा नाइकेका नामहरू र संख्या उल्लेख भएको पाइयो । देश कति नकारात्मक दिशातिर उन्मुख छ, यस फेहरिस्तले प्रस्ट हुन्छ ।
यी सारा नकारात्मक समाचारको सट्टा सकारात्मक समाचार आइरहे हुने थियो । त्यसैले सरकार मलाई समाचार पढ्न मनलाग्ने बनाइदेऊ ।
– मुरारिविनोद पोखरेल, इमाडोल, ललितपुर

प्रकाशित : कार्तिक २०, २०७६ ११:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बढ्दो सवारी दुर्घटना

कान्तिपुर संवाददाता

सवारी दुर्घटना किन बढिरहेको छ ? दुर्घटनाका कारण वर्षेनि धेरै मृत्युको मुखमा पुग्दासमेत सरकार मौन छ  । उसले आफ्नो मातहतका निकायलाई राम्रोसँग सञ्चालन गर्न सकिरहेको छैन  ।

पछिल्लो समय चालकको लापरबाही र यात्रीको हतारोका कारण पनि सवारी दुर्घटना बढिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको दुर्घटनालाई नियाल्ने हो भने सवारी दुर्घटनाका अनगिन्ती कारण प्रस्टसँग भेटिन्छन् । खाँडीचौरमा पट्टा भाँचिएको गाडी कसरी त्यहाँको ट्राफिक पोस्ट प्रहरी चौकीको अगाडिबाट ७५ जना यात्रीसहित अगाडि बढ्न सफल भयो ? यसमा चालक, यात्री, प्रहरी, ट्राफिक प्रहरी सबैले बसको क्षमतामा ध्यान नदिएको प्रस्ट छ । जसका कारण तीन महिनाको बालकदेखि वृद्धसमेतले ज्यान गुमाउनुपर्‍यो । अतः आफ्ना मातहतका निकायलाई निर्देशन दिँदै परिणाममुखी कार्यान्वयन गराऊ । सडक दुर्घटनाबाट यात्रुलाई बचाऊ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : कार्तिक २०, २०७६ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT