कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषणरहित यातायात साधन

कान्तिपुर संवाददाता

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आ.व. २०७२/७३ देखि भन्सार विन्दुबाटै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँको दरले उठाएको रकम ३७ अर्ब पुगेछ  । उक्त आयोजनाको निर्माणकार्य हाल चिनियाँ कम्पनीलाई दिइएको छ  ।

बूढीगण्डकीको नामबाट उठ्दै आएको सरकारी कर, उपभोक्ताले मूल्यको रूपमा चुकाउँदै आएका थिए र हाल आयल निगमद्वारा संकलित रकमको दुहाइ दिँदै २५ प्रतिशत सेयर माग गरिरहेको कुरा गलत छ । अब सरकारले बूढीगण्डकीको सट्टा ‘पूर्वाधार विकास’को नाममा उक्त कार्यलाई निरन्तरता दिइरहेको छ । जलविद्युत विकास गरी जनतालाई राहत दिने उद्देश्यले उठाएको कोषलाई प्रदूषणरहित सार्वजनिक यातायातको विकासको उद्देश्यसहित सातवटै प्रदेशमा सरकारी यातायात प्राधिकरण बनाउने कार्यमा खर्चिनु उपयुक्त हुनेछ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : कार्तिक २१, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?