कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्य, सेवा, सुरक्षणम्को मर्म

कान्तिपुर संवाददाता

आफ्नो हातमा शक्ति छ भन्दैमा जहाँ मन लाग्यो, त्यहीं गोली चलाउन प्रहरीलाई छुट छैन  । एउटा प्रहरीले गल्ती गर्दैमा सारा संगठनलाई नै बदनाम गर्न पनि हुँदैन  ।

व्यक्ति र संगठन अलग कुरा हो । संगठनमा रहेका व्यक्ति खराब हुन सक्छन्, त्यस्तालाई कारबाहीको भागिदार बनाउनुपर्छ । र नेतृत्वले संगठनको साख जोगाउने काम गर्न सक्नुपर्छ । प्रहरीमा असल, कर्मठ, इमानदारहरू पनि छन् । तर तिनीहरू कहिलै अगाडि आउन सकेनन् । जो चाकडी गर्न सक्छ, चाप्लुसी गर्न जान्दछ, त्यही नै अग्रपंक्तिमा आयो । आफ्नो कर्तव्यभन्दा ठूलो केही होइन भन्ने प्रहरीले बुझ्न सकेन । अनुसन्धानको विषयमा नेपाल प्रहरी एसियाकै उत्कृष्टमध्ये पर्छ । तर पछिल्लो समय हरेक घटनामा प्रहरी मुछिएको छ । प्रहरीका उच्चपदस्थहरू भ्रष्टाचारको अभियोगमा कारबाहीमा परेका छन् । जसले अपराध गर्न हुँदैन भन्छ, ऊ नै आपराधिक कर्ममा लाग्छ भने अपराध नियन्त्रणचाहिँं कसरी होला ? निर्मला हत्याकाण्ड होस् वा ३३ किलो सुनकाण्ड प्र्रहरी चुकेकै हो । सत्य, सेवा, सुरक्षणम्को मर्म नबुझेकै हो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक २१, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?