कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं सुन्दर बनाउने उपाय

कान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दरका लागि नयाँदिल्ली सहरको वायु प्रदूषण रोक्न सबै गाडीमा जोर/बिजोर नम्बरको गाडी चलाउने निश्चित दिन तोकिएको निर्णय दृष्टान्तर शिक्षा हुनसक्छ  । काठमाडौंलाई जोगाउने उहाँ अहिलेका लागि अभिभावक हुनुहुन्छ  ।

काठमाडौंलाई जोगाउने उहाँ अहिलेका लागि अभिभावक हुनुहुन्छ । दिल्ली सहरभन्दा काठमाडौंलाई अझ सुन्दर बनाउने अवसर उहाँलाई प्राप्त छ । यसका लागि सरकारसँग छलफल गरेर निर्णय पारित गराई विद्युतीय गाडी भन्सार छुट गराएर त्योमात्र सहरमा चलाउन दिनुपर्छ । डिजेल र पेट्रोलियमको गाडी बन्द गर्नुपर्छ । सडकमा खाल्डाखुल्डी टाल्नुपर्छ । हिलो र धुलो हुन दिनुहुन्न । प्लास्टिकजन्य सामग्रीको पूर्ण बन्देज लगाउनुपर्छ । जथाभावी फोहोर थुपार्न र फाल्न दिनु हुँदैन । रिङरोड क्षेत्रको आसपासमा अनियमित गाडी पार्किङ गर्न दिनु हुँदैन । सडक पानीले पखाल्ने र बढारेर सफा राख्नुपर्छ । खाली ठाउँमा रुख रोप्नुपर्छ । यति गर्नुभयो भने उहाँको नामझैं सहर पनि सुन्दर हुनेछ ।
– फुर्पा तामाङ, ठूलोभार्खु, रसुवा

प्रकाशित : कार्तिक २१, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?