कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्दो सवारी दुर्घटना

कान्तिपुर संवाददाता

सवारी दुर्घटना किन बढिरहेको छ ? दुर्घटनाका कारण वर्षेनि धेरै मृत्युको मुखमा पुग्दासमेत सरकार मौन छ  । उसले आफ्नो मातहतका निकायलाई राम्रोसँग सञ्चालन गर्न सकिरहेको छैन  ।

पछिल्लो समय चालकको लापरबाही र यात्रीको हतारोका कारण पनि सवारी दुर्घटना बढिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको दुर्घटनालाई नियाल्ने हो भने सवारी दुर्घटनाका अनगिन्ती कारण प्रस्टसँग भेटिन्छन् । खाँडीचौरमा पट्टा भाँचिएको गाडी कसरी त्यहाँको ट्राफिक पोस्ट प्रहरी चौकीको अगाडिबाट ७५ जना यात्रीसहित अगाडि बढ्न सफल भयो ? यसमा चालक, यात्री, प्रहरी, ट्राफिक प्रहरी सबैले बसको क्षमतामा ध्यान नदिएको प्रस्ट छ । जसका कारण तीन महिनाको बालकदेखि वृद्धसमेतले ज्यान गुमाउनुपर्‍यो । अतः आफ्ना मातहतका निकायलाई निर्देशन दिँदै परिणाममुखी कार्यान्वयन गराऊ । सडक दुर्घटनाबाट यात्रुलाई बचाऊ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : कार्तिक २०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?