कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशै हँसाउनेलाई कसले हँसाउने ?

कान्तिपुर संवाददाता

मंगलबार प्रकाशित कला र शैलीमा ‘झन् हँसिला मदनकृष्ण’ पढ्दा हामी बाँचेको जीवन त अति स्वस्थ र आनन्दित रहेछ भन्ने लाग्यो  । बाल्यकालदेखि नै मदनकृष्णको नाटक, सिनेमा हेर्दै अनि गीतहरू सुन्दै जीवनमा धेरै नयाँ आशाहरू बटुल्दै आएको मेरो मानसपटलमा प्रसिद्ध हास्यकलाकार मदनकृष्ण श्रेष्ठको मेसिनरूपी जीवनगाथाका बारेमा फरक सोच र चिन्तन पैदा गरायो  ।

हामी प्रायः आफ्नै भलो चिताउने र सकेमा आफन्तको भलो चिताउने गर्छौं, जीवन र जगतका ठूलठूला कुरा अनुभव गर्छौं र हासिल पनि गर्छौं । अनि समयसीमा पार गरेपश्चात बिलाउँछौं । सबै कुरा अरुलाई हस्तान्तरण गरेर फर्कन्छौं । मानिसले गर्ने यति नै हो । तर कति थोरै मानिसलाई भने अरुको जीवनमा फरक पार्ने खालको वरदान ईश्वरले नै दिएका हुन्छन् । यस्तै वरदान मदनकृष्णले पनि पाउनुभएको छ । मस्तिष्क र मुटुमा मेसिन लगाएर हामीलाई हँसाउने अनि ऊर्जा दिने मदन दाइलाई हामीले कसरी हँसाउने होला भन्ने चिन्ता लागेको छ । सायद उहाँको सीप र कलाको माध्यमबाट धेरै नेपालीले प्रेरणा र उत्साह नै पाएको हुनुपर्छ । समग्र देशको नै कलाकार र देशको गहनाको रूपमा स्थापित मदन दाइको कला र खुबीको म खुलेर प्रशंसा गर्छु र सरकार अनि आम नागरिकको संयुक्त प्रयासमा उहाँको राष्ट्रिय सम्मान कार्यक्रम बृहत रूपमा सञ्चालन गर्न पाए आम नेपालीको
तर्फबाट उहाँलाई सच्चा सम्मान हुन्थ्यो कि ?
– केपी अधिकारी, भैँसेपाटी, ललितपुर

प्रकाशित : कार्तिक २०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?