कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन बढ्दैछ, बलात्कार ?

कान्तिपुर संवाददाता

बलात्कारका घटना बढ्दो छ, किन ? किन दिन–प्रतिदिन बलात्कारीको मनोबल बढ्दो छ ? किन हाम्रा छोरीहरूलाई दाजुभाइ, काका र बाबुबाटै त्रसित बन्नुपर्ने अवस्था सिर्जना भएको छ ?

किन उनीहरू लोग्नेमान्छे देख्ने बित्तिकै अर्को नजरले हेर्न बाध्य छन् ? नेपाली समाज यो भयले ग्रसित छ । अन्ततः एउटै प्रश्न फेरि पनि घटना दोहोरिन्छ, किन ? छोरीहरूलाई हामीले सुरक्षित वातावरण दिन किन सकिरहेका छैनौं ? हाम्रो समाजको बनोट वा कानुन कार्यान्वयनमा कमी वा रक्षक नै भक्षक भएर यस खाले दुष्प्रवृत्ति मौलाएको हो ?
अझै बाहिरिन नसकेका बलात्कारका घटना थुप्रै छन् । त्यसलाई कसरी बाहिर ल्याउने र पीडकलाई दण्डित गर्ने त्यसतर्फ बहस हुन जरुरी छ । हामीले राज्य संरचनालाई परिवर्तन गर्‍यौं, तर सोचमा परिवर्तन ल्याउन सकिरहेका छैनौं । बलात्कारका घटनामा समाजले अझ बढी पीडितलाई नै गलत दृष्टिकोणले हेर्ने गर्छ । यसले पनि बलात्कारीको मनोबल बढाइरहेको छ । कानुनको गलत व्याख्या गर्नाले पनि बलात्कारी उम्कने गरेका छन् । हामीले अब सामाजिक दृष्टिकोण परिवर्तन गर्नु पहिलो जिम्मेवारी भएको छ । राज्यबाट बलात्कारका घटना अनुसन्धान गर्ने विशेष टोलीको व्यवस्था गर्दै यी घटनाको छिनोफानो प्रहरी चौकीदेखि अदालतसम्म फास्ट ट्रयाकको प्रयोग गर्नु जरुरी छ । अन्यथा यस्ता कुकृत्य अझ बढ्दै जानेछ । जसले हाम्रो समाजलाई नै दूषित बनाइरहेको छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?