कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाम उपचार, काम दुराचार

कान्तिपुर संवाददाता

बिहीबार प्रकाशित उपचार भन्दै यौन शोषण सम्बन्धी समाचारले हाम्रो समाजमा अझै पनि कैयन नारी यौन पिपाशुहरूबाट बलात्कृत र यौन शोषित हुनुपरेको यथार्थ फेरि एकचोटी सार्वजनिक भएको छ  । धर्मको नाममा टुल्कु लामाले गर्दै आएको कर्तुत र तत्सम्बन्धी अदालतको फैसला स्वागतयोग्य छ  ।

तर हाम्रो समाजभित्र शताब्दीऔंदेखि यौन सम्बन्धमा खुला छलफल र बहस वर्जितजस्तै बन्नुले टुल्कुजस्ता दुराचारीहरूको मनोबल बढ्दै गएको हो । यौन सम्बन्धी हाम्रो मौनता नै बलात्कारी र यौन दुराचारीहरूको बलियो हतियार हो । हामीले समाजमा बालबालिका तथा महिला यौनहिंसाको बारेमा समाजका हरेक तह र तप्कालाई प्रशिक्षित गर्न आवश्यक छ । त्यसका लागि हाम्रा सामाजिक संरचनाहरू जस्तै– आमा समूह, महिला सहकारी, वन समिति, बाल क्लबहरू, विद्यालयहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ र मौनतालाई तोड्दै यौनजन्य विषयमा छलफल गर्न सक्ने वातावरणको निर्माण गर्न जरुरी छ । जबसम्म परिवार, आफन्त र साथीसंगीबीच यौनबारे खुलेर आफूमथि भएको वा हुने गरेको घटनाबारे छलफल गर्न र एकआपसमा कुराकानी गर्ने बानीको विकास हुँदैन, तबसम्म हाम्रो समाजमा यस्ता खाले घटनाले प्रश्रय पाइरहन्छ । तसर्थ यौनबारे खुलेर छलफल गर्न हामी आफैले आजैबाट सुरु गरौं र यौनजन्य हिंसाको न्यूनीकरणमा सहयोग गरौं ।
– सानु गिरी, सिद्धलेक–७, धादिङ

प्रकाशित : कार्तिक १, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?