आलमको डरलाग्दो कथा

कान्तिपुर संवाददाता

नेपाली कांग्रेस रौतहटका नेता तथा पूर्वकेन्द्रीय सदस्य एवं संघीय सांसद मोहम्मद आफताव आलममाथि लागेको हत्या आरोपको कथाले आङै सिरिंग बनायो  । यस घटनाबारे के कांग्रेसलाई थाहा थिएन ? सत्ता र शक्तिमा रहनेहरूले चाहे भने जति पनि अपराध लुकाउन वा उल्टै पीडितलाई सास्ती दिइरहन सक्छन् भन्ने यो गतिलो उदाहरण हो  ।

किनभने त्यसबेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंहदरबारमा थिए भने त्यही दलका कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए । अनि आफताव आलम तिनका विश्वासपात्र । अहिले सायद अर्कै दलको सरकार भएकाले होला, कानुनको कठघरामा आलम पुगेका छन् । सत्य–तथ्य जे छ, त्यही अनुसार आलमको कसुर प्रमाणित भएमा हदैसम्मको कारबाही गरेर लोकतान्त्रिक भनिएको नयाँ नेपालको प्रतिष्ठा जोगाउने काम गरियोस् ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : आश्विन ३०, २०७६ ११:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

न्याय नमरोस्

कान्तिपुर संवाददाता

‘सानालाई ऐन ठूलालाई चैन’ भइरहेको अवस्था छ  । कतिपय पीडित न्याय पर्खंदा–पर्खंदै न्याय नै नपाई मरिरहेका छन्  ।

अन्यायमा परेकालाई न्याय दिने काम न्यायमूर्तिहरूको हो । तर अहिले न्याय पैसामा किनबेच भएको छ । जोसँग पैसा छ, उसकै पक्षमा न्याय पनि बोल्छ । एउटा केश अदालतमा लड्नपर्‍यो भने लाखौंको खेल हुन्छ । सर्वसाधारणले त्यो पैसा कहाँबाट ल्याउने ? न्यायालयमा राजनीतिक भागबन्डा हुन्छ । न्यायाधीशहरू पार्टीको कोटामा नियुक्त भएका छन् । अनि त्यस्ता व्यक्तिले सर्वसाधारण नेपालीको चित्कार कसरी सुनुन् ? पद र शक्तिमा भएपछि जस्तोसुकै आपराधिक काम गरे पनि हुन्छ भन्ने उच्चपदस्थलाई कडा कारबाही गर्ने हो भने आउने दिन सबैजना सजग हुन्थे कि ? रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा गिरफ्तार निवर्तमान सभामुख कृष्णबहादुर महराको र रोशनीबीच सम्बन्ध के थियो ? के महरा पहिलोपटक रोशनीको घर गएका थिए ? पहिलो पटक भए केही छैन । होइन भने आजभन्दा अघि रोशनीको घरमा जाँदा यो घटना बाहिर किन आएन ? फेरि एक्कासी बाहिर किन आयो ? यो सब छानबिन हुनुपर्छ । न्याय नमरोस् । अन्यायमा परेकाले न्याय पाऊन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन ३०, २०७६ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT