कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीको विदेश मोह

समाजवादी पार्टी नेपालबाट स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवलाई अहिले सामाजिक सञ्जालमा विदेश भ्रमण लिप्त मन्त्रीको रूपमा प्रस्तुत गरिएको छ  । यो कुनै आश्चर्यको विषय पनि होइन  ।

स्वास्थ्यमन्त्री भएदेखि हालसम्म करिब १५ पटक विदेश भ्रमण गरिसकेका मन्त्री यादव संविधान दिवस नजिकिँदै गर्दा सायद त्यसदिन भव्यतासाथ सो दिवस मनाउनुपर्छ भन्ने कञ्जुस्याइँले हो या उनैका पार्टीका अर्का नेताको दबाब थेग्न नसकेर हो, फेरि १४ दिनका लागि अमेरिका भ्रमणमा जाँदैछन् । देशैभर डेंगु आतंकले जनजीवन अस्तव्यस्त भएको छ र अस्पतालमा बिरामीको घुइँचो लागेको छ । डेंगुकै कारण केहीको मृत्यु भइसकेको छ । अझै पनि जनस्वास्थ्यकर्मीको अभावले पर्याप्त औषधि र जनसेवा उपलब्ध गराउन धौधौ परिराखेको छ । रोग बारेमा मानिसमा भ्रम व्याप्त । स्थानीय सरकारका प्रतिनिधिहरूले केही हदसम्म रोगको नियन्त्रणमा स्थानीय जनस्वास्थ्य स्वयम्सेविकामार्फत उपचारको लागि पहल गरिराखेका छन् । तर मन्त्री भने विदेश भ्रमणमा मस्त छन् । सत्तामा बसेर जनताले खाई–नखाई तिरेको करबाट उठेको रकमको सदुपयोगको सट्टा दुरुपयोग गर्ने छुट भने कसैलाई हुनुहुँदैन ।
– खिमराज गिरी, लमजुङ

प्रकाशित : आश्विन ३, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?