कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भट्टराईको परीक्षा

ठूला नेताहरूबाट जनअपेक्षित काम नभइरहेका बेला योगेश भट्टराईप्रति सबैको आशा थियो  । अवसर पाए पक्कै केही गर्छन्  ।

उनले अवसर पनि पाए । संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । मन्त्री भट्टराईको आलोचना त्यसबेलादेखि हुनथाल्यो, जब पशुपतिमा आरती सुरु गर्नु अघि राष्ट्रियगान बजाउन अनिवार्य गरियो । गत शनिबार नेपालगन्जबाट काठमाडौं आउने क्रममा उनकै कारणले गर्दा जहाज ‘होल्ड’ गर्नुपरेको भनी सर्वसाधारणले उनीप्रति आक्रोश पोखे । आक्रोश पोख्ने क्रममा निकै आक्रामक अभिव्यक्ति प्रकट भएको सुनियो । केही जनताले पूर्व युवराज पारससँग जोडिएको घटनासमेत सुनाए ।
कार्यकारी पदमा पुगेको छोटै समयमा आलोचित भएका भट्टराई पहिलो व्यक्ति हुन सक्छन् । यो आक्रोश योगेशप्रति मात्रै होइन, अन्य नेता र शासकहरूप्रतिको आक्रोश पनि हो । पदासिन भएको २ महिना नबित्दै आलोचित हुनपुगेका मन्त्री भट्टराईले आफूले जनताको हितमा काम गर्न नसके पदबाट राजीनामा दिने जुन कुरा पदभार ग्रहण गरेकै दिन बोलेका थिए । अब उनी सच्चिएर बढ्छन् कि यस्तै गतिविधि दोहोर्‍याउँदै जान्छन्, त्यसैमा उनको राजनीतिक भविष्य निर्भर गर्छ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : भाद्र ३१, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?