कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सैनिक ब्यारेक किन हटाउने ?

चितवन भरतपुरको मेयरको पहलमा अहिले भरतपुर हावाई मैदान बढाउन नेपाली सेनाको ब्यारेक हटाउन माग गरिँदै छ  । नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मेयर रेनु दाहालबाट ब्रिफिङ सुनेको देखियो  ।

मन्त्री भट्टराई सो व्यारेक हटाउन प्रचण्डको सहयोग माग्दैछन् । यसमा ३ वटा शंका गर्ने ठाउँ छन् ः एक, माओवादी सांसद देव गुरुङले सेनाका पल्टन खारेजीको माग गरिरहेको अवस्थामा रेनु दाहालले भरतपुरको सैनिक व्यारेक हटाउने माग गर्नु संयोगमात्र हो कि योजना हो ? दुई, नारायणघाट जस्तो बाक्लो बस्ती भएको ठाउँ भरतपुरमा हावाई मैदान किन विस्तार गर्ने र किन बस्ती नभएको ठाउँमा नयाँ विमानस्थल नबनाउने ? यसको कारण प्रचण्ड र रेनु दाहालको भोट बढाउने खेलमात्र हो । तीन, चितवनमा रहेका अन्य राजनीतिक दलको यसबारे भनाइ के हो ? के अब चितवनको ठेकेदार पूर्वमाओवादी मात्र हो त ? चितवनमा आधुनिक र ठूलो हावाई मैदान चाहिन्छ । तर हावाई मैदान र हवाइजहाजको तेल भर्ने स्थलबाट मानव बस्ती कती टाढा हुनुपर्छ ? त्यसको जोखिम म्यापिङ गरेर मात्र हवाई मैदान बनाउनु र बढाउनु उचित हुन्छ ।
– प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौँ

प्रकाशित : भाद्र २०, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?