कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्याकरको बिगबिगी

‘बैंकको साइबर सुरक्षा नाजुक, ५ घन्टामा १५ सयपल्ट’ समाचारले सुरक्षा चुनौती थपिएको छ  ।

खाइ–नखाइ गरिब नेपालीले बैंकमा जम्मा गरेको रकममाथि गिद्धे नजर राख्दै एटीएम प्रणाली नै ह्याक गरेर ५ जना चिनियाँहरूले काठमाडौंका विभिन्न बैंकमा अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरी गर्दा पक्राउ परेका छन् । यसमा संलग्न अन्य तीन चिनियाँ फरार रहेको जनाइएको छ । उक्त गिरोह शुक्रबार काठमाडौं आएको र शनिबार ५ घन्टामै १५ सयपटक अवैध कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको थियो । ग्रामीण नेपाली युवतीहरूलाई मानव तस्करीमा संलग्न चिनियाँ गिरोहले बिहेको नाटक रचेर चीन लगी १०/१० लाख रुपैयाँमा बेच्ने, चरम यातना दिएर यौनदासी बनाउने गरेको यथार्थ सार्वजनिक भएको एक हप्ता नपुग्दै अर्को लुटेरा समूह सक्रिय भएको हो ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र १८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?