कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो भनाइ

प्रस्टीकरण

गत भदौ ४ गते प्रकाशित ‘योग्यताको प्रश्न उठेकालाई नै सिफारिस’ शीर्षक समाचारका सम्बन्धमा मेरो निम्न स्पष्टीकरण पेस गर्छु  ।

१. तात्कालिक सोभियत संघ, हाल युक्रेनको खार्कोभ मेडिकल इन्स्टिच्युटबाट सन् १९८५ मा एमडी र सन् १९८८ मा साइक्याट्री विधामा विशेषज्ञता हासिल गरी विसं. २०४८ बाट सरकारी जागिरमा प्रवेश गरेको हुँ ।
२. २०६४ देखि २०७४ मा अनिवार्य अवकाश अन्तर्गत सेवा निवृत्त नभएसम्म देशको एक मात्र केन्द्रीय मानसिक अस्पतालको प्रमुख (निर्देशक) भई कार्य गरेँ । मेरो संयोजकत्व र प्राध्यापकत्वमा २०६९ सालदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चिविराप्र) अन्तर्गत मानसिक अस्पतालमा एमडी साइक्याट्री (मानसिक रोग विशेषज्ञ) उत्पादन गर्ने पोस्ट ग्राजुयट प्राज्ञिक कार्यक्रम सञ्चालनमा आएको हो । तत्पश्चात ३ ब्याच गरी ५ जना एमडी साइक्याट्री डिग्रीप्राप्त मनोचिकित्सकहरू उत्पादन भएको तथ्यलाई नजरअन्दाज गरी ‘मेडिकल कलेजमा अध्यापन’ नै नगरेको भन्नु गलत हो ।
३. मैले तात्कालिक सोभियत संघबाट साइक्याट्री विधामा विशेषज्ञता हासिल गरेको डिग्रीलाई त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री सरह समकक्षस्तर निर्धारण गरिएको तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको प्राज्ञिक परिषदले स्नातकोत्तर उपाधिको मान्यता प्रदान गरेको जानकारी गराउँछु ।
– प्रा.डा. सुरेन्द्र शेरचन, काठमाडौं

प्रकाशित : भाद्र १६, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?