कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

प्रदेशको नाम र राजधानी

बिहीबार प्रकाशित शैलेन्द्रप्रसाद साहको ‘बहसमा प्रदेश नाम’ र उनले सुझाएको राजधानीको नामसित म सहमत छु  । नेकपा पहिले केवल राजमार्ग छेउछाउको दल मानिन्थ्यो  ।

यसअघि सम्पन्न तीनै तहको निर्वाचनमा नेकपाले दुई तिहाइ मत प्राप्त गरेको छ । राजमार्गसँग उसको मोह ठिकै होला तर मधेसमा त्यो चल्दैन । अब उसले महेन्द्रीय विचारधारा छाड्नु उपयुक्त हुन्छ । नयाँ नेपालको निर्माण तथा मधेस उत्थानमा लाग्नुपर्छ । नलागे एक खर्बको सट्टा बढी खर्बको चामल निर्यात गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन । राजधानी जनकपुर नै हुनुपर्छ । वीरगन्ज त मुलुकभरिको आर्थिक राजधानी छँदै छ । प्रदेशको नाम राख्नेबारे भने म लेखकको विचारसँग सहमत छैन । मिथिला शब्द वैदिक हो र त्यसलाई कसैले मेटाउन सक्दैन तर मधेस शब्द मेटाउन सबै लागेका छन् किनभने यही नामले आन्दोलन भएको थियो । यस नामसँग पहाडी राजनीतिज्ञहरूलाई रिस छ र सुन्न पनि चाहँदैनन् । प्रदेशको नाम मध्यमधेस नै उपयुक्त हुन्छ ।
–डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : भाद्र १५, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?