कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन बढ्दैछ, आत्महत्या ?

विश्वको आँकडा हेर्ने हो भने साना–ठूला, धनी–गरिब सबै देशमा आत्महत्या जटिल समस्या बनेको छ  । सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले प्रत्येक १ लाख जनसंख्यामा कतिले आत्महत्या गर्छन् भनी तथ्यांक सार्वजनिक गरेको छ  ।

त्यस अनुसार गायना दक्षिण अमेरिकी देशमा सबभन्दा बढी अर्थात् ३०.२ जना र उत्तर अमेरिकी देश बार्बाडोसमा ०.४ अर्थात् विश्वकै कम देखिन्छ । उक्त तथ्यांकले विश्वको औसत अंक १०.६ देखाउँदा अमेरिका र जापानजस्ता विकसित देशमा सो दर क्रमशः १३.७ र १४.३ छ । त्यतिबेला सार्क मुलुकहरूको स्थिति यस्तो थियो : भारत : १६.५, भुटान : ११.६, श्रीलंका : १०.२, नेपाल : ९.६, बंगलादेश : ६.१, पाकिस्तान : ३.१ र माल्दिभ्स : २.७ ।
नेपालकै जस्तो अंक भएका मुलुक निदरल्यान्ड र तान्जानिया छन् । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको उक्त तथ्यांक विश्वका अन्य मुलुकको स्थितिसँग तुलना गर्दा हामी त्यति झस्किनुपर्ने अवस्थामा थिएनौं । तर नेपालको हालै प्रकाशित आत्महत्या सम्बन्धी विवरण हेर्दा नआत्तिने कोही देखिँंदैन । हरेक दिन १५ जनाले ज्यान फाल्ने र यसरी मृत्युवरण गर्नेमध्ये ५६ प्रतिशत युवा वर्ग रहने गरेको परिस्थितिले मुलुकको सामाजिक अवस्था विकाराल बन्दै गएको प्रस्ट हुन्छ । छोटो अवधिमै समस्या दोब्बर भएको प्रस्ट हुन्छ ।
पश्चिमी शिक्षा, शैली, खानपानको कुप्रभाव, बेरोजगारी, मुलुकभित्र खुट्टा टेकेर दस नंग्रा खियाउँदा पनि हातमुख जोड्न नसकेको अवस्था, सामाजिक सुरक्षामा सरकारको उदासीनता, धर्म, संस्कार, परम्परा, दर्शन, नैतिक शिक्षाको तेजोवध भएको स्थितिलाई आत्महत्याको प्रमुख कारण मान्न सकिन्छ । छोटो समयमा दैनिक आत्महत्या गर्नेको संख्या १५ बाट २५ पुगेर नेपालले विश्वका सबै मुलुकलाई जित्ने अवस्था नआउला भन्न सकिँदैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र १०, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?