कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा वर्गीकरण

सरकारले जग्गालाई १० प्रकारमा वर्गीकरण गर्ने विधेयक संघीय संसदमा पेस गरेको छ  । विधेयक मात्रै पेस गर्ने तर त्यसलाई व्यावहारिक रूपमा लागू गर्न फिटिक्कै नसक्ने सरकारको कमजोरीबारे सर्वसाधारण जानकार भइसकेकाले पछिल्लो विधेयकले पनि सरोकारवालामा कुनै उत्साह ल्याउनसकेको छैन  ।

अनावश्यक, विवादास्पद र नचाहिने कुरामात्रै गर्ने सरकारको कार्यशैलीबाट सर्वसाधारण आजित भइरहेका बेला भूमि सम्बन्धी यो विधेयक साँच्चिकै पारित भए पनि लागू हुनेमा चाहिँ दुविधा नै छ । यातायात सिन्डिकेट, ३३ किलो सुनकाण्ड, निर्मला काण्ड, वाइडबडी काण्ड आदि–इत्यादिमा लम्पसार परेको सरकारको यो विधेयक जनता झुक्याउने अर्को चालबाजी मात्रै हो । सत्तारूढ पार्टीका अधिकांश नेता–कार्यकर्ता जग्गा दलाल रहेको सन्दर्भमा यो विधेयक कार्यान्वयनमा आउनेमा शंका–उपशंका गर्नुपर्ने थुप्रै ठाउँ छन् ।
– एस.पी. बडु, कृष्णपुर–६, कञ्चनपुर

प्रकाशित : भाद्र ९, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?