कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानै मानसिकता

नेपाली समाजले पछिल्लो समय परिवर्तनको महसुस गरेका छन्  ।

फरक यति मात्रै हो कि परिवर्तनको महसुस केकेमा भयो र स्वयम् हाम्रो मानसिकतामा भने परिवर्तन भयो कि भएन, जसले सभ्य समाज निर्माण गर्छ । यति ठूलो राजनीतिक परिवर्तनपश्चात् पनि समाज पुरानै दरिद्र मानसिकतामै रुमल्लिरहेको छ । राष्ट्रपतिदेखि मन्त्रीसम्म, नेतादेखि कार्यकर्तासम्ममा पुरानै मानसिकताले काम गरिरहेको छ । धेरै टाढा जानु पर्दैन, हाम्रा जात्रादेखि सवारीसम्म हेर्‍यौँ भने ती हिजो जस्ता थिए, आज पनि त्यस्तै छन् ।


तब त कृष्णमन्दिरदेखि पशुपतिनाथसम्म जुन दिन सर्वसाधारणको बाक्लो उपस्थिति हुन्छ, त्यही दिन त्यही समय हाम्रा अति विशिष्टहरूको आगमन हुन्छ । ती सर्वसाधारणलाई पन्छाउँदै समाजको सुरक्षाका लागि खटिएका प्रहरीसमेत साहेबकी श्रीमतीदेखि अति विशिष्टको खोजीमा आफूलाई तोकिएको ठाउँ छाडी अन्तै दगुर्छन् । आम सर्वसाधारण ट्वाल्ल परी हेरिरहेका हुन्छन् । हो, यही नै हो दरिद्र मानसिकताको उपज । हामीमा परिवर्तन कहिले आउने ? हामीलाई कहिलेसम्म यी राजा–महाराजाहरूको परम्पराले थिचिरहने ? आगामी दिन हाम्रा विशिष्टहरूले परम्पराको अन्त्य गर्न सक्लान् ? समय परिवर्तनशील छ । आज पनि सर्वसाधारणलाई लाइनमा राखेर वा दुःख दिएर ठूलो भइन्छ भन्ने मानसिकताले मन्दिरदेखि कार्यालयसम्म काम गरेको देखिन्छ । यसको अन्त्य हुन जरुरी छ ।
–रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र ८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?