कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आश्वासन मात्र बाँड्ने सरकार

सरकारका गतिविधि दलालीकरण र भ्रष्ट क्रियाकलापमा नै केन्द्रित रहेको आभाष हुनथालेको छ  ।

विश्वविद्यालय पदाधिकारी नियुक्तको तौरतरिका, पञ्चायतकालीन ठेक्का दिने प्रकरणको थालनी, पत्रकार पुडासैनी काण्ड लगायतका गतिविधिले सरकार आफै अस्थिरताको कारक बन्दैछ जस्तो लाग्छ । प्रतिपक्ष नाम मात्रको छ । देश वैदेशिक ऋणमा डुबिसकेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण देशमा किन अन्यायका बादल मडारिएको छ ? देशले किन गति र लय लिनसकेको छैन ?


अहिले देशको गतिविधि हेर्दा निराशा धेरै छ । विश्वविद्यालय राजनीतिक भागबन्डाको सिकार बनेको छ । यो खेदजनक छ । दुई तिहाइको सरकार आश्वासनमा मात्र केन्द्रित छ । सरकारका गतिविधि युवालाई निराशा देखाउने मात्र छ । शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्नेमा दलाल र भ्रष्टहरूको कमाइखाने थलो भएको छ ।
– टंकप्रसाद गैह्रे, वालिङ–१३, स्याङजा

प्रकाशित : भाद्र ५, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?