कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षाको गुणस्तर घट्दो

कान्तिपुर संवाददाता

कक्षा १२ को नतिजा गत वर्षभन्दा चाँडो निकालेर माध्यमिक शिक्षा परिषदले सराहनीय काम गरेको छ  । परिषदको कार्यशैलीमा सुधार देखिए पनि पढाइको गुणस्तरचाहिँ खस्किँदै गएको भान हुन्छ  ।

यसपालि आंशिक र पूरक गरी ४ लाख २८ हजार ६७ विद्यार्थी परीक्षामा सामेल भएका थिए । तर ३.६१ भन्दा माथि जीपीए कसैको आएको छैन । यसले पढाइको स्तरमा कमी आएको संकेत गर्छ । गतवर्ष एकजना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । जीपीए पद्धतिबारे शिक्षक–विद्यार्थीमा राम्रो ज्ञान छैन जस्तो छ । कोही फेल हुँदैनन् भन्ने गलत सोचका कारण विद्यार्थीले मिहेनत गर्न छाड्दै गएका छन् । सरकारले शिक्षामा करोडौं खर्च गरेको छ, प्रतिफलचाहिँ खासै उत्साहजनक छैन । सरकारी स्कुल–कलेजको अवस्था झन् कमजोर बन्दैछ । सरकारी स्कुल–कलेजका शिक्षक पढाउनभन्दा बढी राजनीतिक क्रियाकलापमा ब्यस्त हुन्छन् । काम नगरी तलब खाएका छन् । यस्तो भएपछि पढाइको स्तर कसरी बढ्छ ?
– पुरुषोत्तम घिमिरे, कुटुम्ब कलेज, जोरपाटी

प्रकाशित : श्रावण २१, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?