रेलका गफ

कान्तिपुर संवाददाता

‘रेलको टिप्पणीप्रति चीन असन्तुष्ट’ समाचार पढ्दा नेपालमा चिनियाँ रेलबारे भइरहेका गफ कति हावादारी रहेछन् भन्ने थाहा भयो  । चीनबाट नेपालका निम्ति रेल छुटिसकेको शैलीमा यहाँ प्रचार भइरहेको पाएर चिनियाँहरूको असन्तुष्टिको पारो ह्वात्तै चढेको हुनुपर्छ  ।

नेपाली पक्षले न न्यूनतम कागजात तयार पार्ने जिम्माको काम गरेको रहेछ, न त तयारीको प्रयासै भएको रहेछ । कसैले चामल र दाल अनुदान दिन्छु भन्यो भने चार मुन्टा सागको जोहो गर्नु त परै जाओस्, ग्यास सिलिन्डर, भाँडाकुँडासम्म र अन्त्यमा सुपारी र पानसमेत पाए हुन्थ्यो भनी आस गर्ने तर आफ्ना तर्फबाट चुलो बाल्न एक छेस्को सलाई पनि बन्दोबस्त गर्न नसक्ने आसे हाम्रो सरकारी रवैयाप्रति चिनियाँहरूलाई टिठ लाग्नु स्वाभाविकै हो ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौँ

प्रकाशित : असार ९, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिले लोकतन्त्र

कान्तिपुर संवाददाता

प्रधानमन्त्री ओली राष्ट्र र जनताभन्दा आफू कसरी बलियो बन्न सकिन्छ भन्नेतिर लागेका देखिन्छन्  । सरकार हरेक संवैधानिक अंगलाई कमजोर बनाउन तल्लिन छ  ।

मानव अधिकार आयोग, लोकसेवा आयोग लगायतलाई कमजोर पारे सरकारचाहिँ कसरी बलियै रहला ? सरकार, संवैधानिक अंगहरू संविधानकै दायरामा रहेर अघि बढ्नुपर्छ । दुई तिहाइको दम्भ गरेर निरंकुश हुने प्रयास गर्दा लोकतन्त्र नै खतरामा पर्न सक्छ । जनमतको कदर गर्न जाने लोकतन्त्र सबल हुँदै जान्छ । सरकार चाहिँ जनमतको कदरभन्दा पनि सनकका भरमा चलिरहेको छ । आधारभूत आवश्यकताका विषयलाई छुनु छैन, विधेयकमाथि विधेयक ल्याउन हौसियो । गम्भीर सोचविचार नगरी, हचुवाको भरमा ल्याउन लागिएकाले नै ती विधेयकका विषयमा सरकार आलोचित बन्नुपर्‍यो । आखिर, पहिले भन्दै आए जस्तो बहुमत नभएर कुनै पनि सरकारले देश विकासको काम गर्न नसकेको त होइन रहेछ ! नत्र यो नेकपा सरकारले यतिन्जेल धेरै काम गरिसक्नुपर्ने थियो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : असार ९, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×