कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'परीक्षणमा मेरो संलग्नता छैन'

प्रस्टीकरण

२०७६ जेठ १३ गते ‘छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक’ शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ  । कक्षा १२ को विज्ञान समूहको परीक्षा सम्पन्न भएपछि प्याकिङ, कोडिङ र परीक्षणमा मेरो संलग्नता नहोस् भनी २०७६ वैशाख २६ गतेबाट म उक्त जिम्मेवारीबाट अलग रहेको छु  ।

उक्त जिम्मेवारी सम्बन्धित उपनियन्त्रकलाई दिइएको छ । प्रश्नपत्र छपाइ र परीक्षामा समेत मेरो संलग्नता छैन ।
– कृष्णप्रसाद शर्मा, परीक्षा नियन्त्रक कक्षा ११/१२ राष्ट्रिय परीक्षा बोर्ड


छोरी परीक्षार्थी हुँदाहुँदै परीक्षाको मर्यादा र आचारसंहिता विपरीत प्रश्नपत्र छपाइ, परीक्षा र उत्तरपुस्तिका परीक्षणमा बदनियतपूर्ण तरिकाले परीक्षा नियन्त्रक संलग्न रहेको विषय समाचारमा उठाइएको हो । तपाईले भनेजस्तो आफैं जिम्मेवारीबाट अलग हुनुभएको हैन । बोर्डकै कर्मचारीले असन्तुष्टि जनाएपछि शिक्षा मन्त्रालयको निर्देशनमा तपाईलाई जिम्मेवारीबाट हटाइएको हो । हटाउँदासमेत तपाईले अंग्रेजी विषयकै परीक्षाको दिन नियन्त्रकको हैसियतमा हस्ताक्षर गर्नुभएको प्रमाणको प्रतिलिपि मसँग सुरक्षित छ । परीक्षा नसकिंँदै जिम्मेवारीबाट फर्कन किन हतारो गर्नुभयो भन्ने तथ्य समाचारमा उल्लेख छ ।
– सुदीप कैनी/संवाददाता

प्रकाशित : जेष्ठ १६, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?