कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो थाप्लाको ऋण नेताहरूले तिरून्

‘मुलुक साढे १० खर्ब ऋण’मा डुबेछ  । नेतृत्वलाई धिक्कार्न मन लाग्यो  ।

हाम्रो थाप्लाको ऋण नेताहरूले तिरून्

खन्चुवा नेताहरू जसले देशको ऋण घटाउनुभन्दा बढाए । आफ्नो घरजम र निजी सम्पत्ति लुकाइ–लुकाइ जोडे । अनि स्थानीय सरकारको नाममा कर बढाएर जनताको पुस्तौंसम्म ढाड सेक्नेगरी चुसे । र अझै पनि यो वा त्यो नाममा चुसिरहेकै छन् । जनताले तिरेको कर अनुसार विकास भएको छैन । न त छन्, कुनै सुविधा । अनि कसरी भयो, देशमाथि साढे १० खर्ब ऋण ? लाज हुनुपर्दैन ?


सोमबार सरकारले गरेको आर्थिक सर्वेक्षण सार्वजनिकीकरणमा डलर महँगिनु र वैदेशिक ऋण बढ्नु लगायत कारणले नेपालीको ऋणभार चुलिएको भनिएको छ । दिनमा हजारौं मान्छे लाखौं ठगिएर विदेशिन्छन् । मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत छ । प्रतिव्यक्ति आय १०४७ अमेरिकी डलर छ । वैदेशिक रोजगारीमा जाने संख्या घटेर ३५.९ प्रतिशतमा झरेको छ । गरिबीको रेखामुनि १८.७ प्रतिशत छ । रेमिटान्स २३.४ प्रतिशतले वृद्धि छ । विदेशी लगानी ६.६६ अर्ब छ । निजी क्षेत्रको लगानी ७८.४ प्रतिशत छ । २६ संस्थाको कमाइ ४४ अर्ब छ । तर प्रतिनेपाली ऋण ३६ हजार रुपैयाँ पुगेछ । यो तथ्यांकले मुलुकको अवस्थालाई त्यसै दर्शाउँछ कि हाम्रो देश कुन अवस्थामा छ । र कसले यो दुर्दशासम्म ल्यायो ।


करको नाममा दिनमा अर्बौं रकम असुली हुन्छ । त्योभन्दा सयौं गुणा रकम बिचौलिया बनेर सम्बन्धित निकायतिरै वैधानिकताको नाममा ब्रह्मलुट गर्छन् । अनि देशलाई ऋणको भार बोकाउँछन् । नागरिक कंगाल बन्दै गएको छ । जति व्यवस्था फेरियो, उतिनै मुलुकको अवस्था जर्जर बन्दै जानु दुःखद छ । खेदजनक छ । नेताहरूको बदमासीका कारण मुलुकले यो दुर्दशा ब्यहोर्नुपरेको हो । ऋण नागरिकको पसिनाबाट होइन, नेता र कर्मचारीहरूले देश लुटेर जोडेको सम्पत्तिबाट तिराउनुपर्छ । नतिरे पापको भारी उनीहरूले नै बोक्नुपर्छ । विश्वास र झुठो खेतीमै बित्न लाग्यो, देशको आस । कसरी भर्ने नागरिक जीवनमा सास ?
– राजेश विद्रोही, लहान, सिरहा

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?