कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाप्रति अन्याय

कटहरियामा आयोजित जानकी जयन्तीमा राष्ट्रपतिको स्वागतार्थ विद्यार्थी बालबालिकालाई चर्को घाममा उभ्याएको घटनाले गणतन्त्रप्रति हस्यौली गरेको छ  । गणतन्त्रकालीन उच्चपदस्थहरूको स्वागतमोहले राजसंस्थाको स्मरण गराएको छ  ।

राष्ट्रपतिदेखि मन्क्रीसम्म कार्यत्रममा बिदामा बसेका विद्यार्थीहरूले स्कुल पोसाकमा स्वागतमा खडा गर्ने यो कस्तो चलन हो ? कहिले राष्ट्रपतिका लागि भनेर विमानस्थलमा देश–विदेशका विमानलाई अवतरण गर्न नदिने, कहिले प्रधानमन्त्रीको सवारीका नाममा बिमारीले बाटामै मृत्यु पर्खनुपर्ने अवस्थाले आमजनमा गणतन्त्रप्रति विरक्ति उत्पन्न गराएको छ । विगतमा जनताले यिनैलाई भुरेटाकुरे राजा बनाउन असली राजतन्त्रविरुद्ध धावा बोलेका थिए ? सबै राजनीतिक दलका नेतृत्व पंक्तिले गम्भीरतापूर्वक सोच्ने बेला भइसकेको छ । पात्र परिवर्तन भए पनि कुसंस्कारले अझै निरन्तरता पाइरहे जनताको धैर्यको बाँध भत्किन बेर लाग्दैन । समय छँदै चेत पलाओस् ।
– रामकृष्ण बराल, जोरपाटी २

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?