कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जस्तो नेता, उस्तै देश

काठमाडौँ — वैशाख ६ गते प्रकाशित श्रीकृष्ण अनिरुद्ध गौतमले ‘अनुहार नेताको, छवि देशको’ मा यथा राजा तथा प्रजा जस्तो सत्यको राम्ररी विवेचना गरेका छन्  । संस्कृतिका महान् पुरुषहरूको उदाहरण दिएर कुरा प्रस्ट पारेका छन्  ।

चाणक्य आफ्नो घरको दियोको तेल पनि राज्यबाट लिँदैनथे । हाम्रो देशमा करोडौंको बिजुली शासनमा बसेकाहरूका लागि त्यसै बाँडिन्छ । कन्फ्युसियस सन्त नै थिए । त्यस्ता साधु नेता हामीले कहाँ पाउने ? महात्मा गान्धी लंगौटी लगाएर हिँडे । तब न उनले कहिल्यै सूर्यास्त नहुने देशलाई झुकाए । गौतम बुद्धको सम्पूर्ण सन्देशको सार यही हो कि आफ्नो ज्योति आफैं बन्नुपर्छ । श्रीकृष्णले भनेका थिए– यदि मैले आफ्नो आचरण सुधारिनँ भने म सम्पूर्ण जगत्को पतनको कारण बन्छु । जगत्ले मेरै अनुसरण गर्छ भन्ने श्रीकृष्णमा थियो । हाम्रा नेतामा पनि यस्तै आचरणको अपेक्षा गर्नु जनताको दोष होइन तर हाम्रा नेता यी कुरा नै बुझिरहेका छैनन् ।
–डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : वैशाख ८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?