कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डढेलोको प्रभाव

काठमाडौँ — गर्मी मौसमको सुरुवातसँगै हाम्रो वरपरका वनजङ्गलमा वर्षेनि डढेलो लाग्ने गर्छ  । यसले हाम्रो वातावरण धुम्म हुने हावामा धुवाँ र धुलाका कणले मौसममा निसासिएको महसुस हुन्छ  ।

डढेलो आफै लागेको या लगाइएको हो भन्ने पुष्टि हुन सक्दैन । किसानले जङ्गलमा नयाँ पालुवा पलाउँछ र दैनिक घाँसपातका लागि सजिलो हुन्छ भन्ने महसुस गरी जानीे–जानी पनि आगो लगाउने गर्छन् । अन्जानमा पनि आगो लाग्न सक्छ । जस्तै– जङ्गलमा हिँड्दा चुरोट खाएर ठुटा फाल्ने, क्याम्प फायर गरेर राम्ररी आगो ननिभाई छाडिदिँदा त्यो आगो फैलिएर पात–पतिङ्गर हुँदै आगलागी हुनसक्छ । जङ्गलमा आगो लाग्दा किराफट्याङ्ग्रा लगायत वन्यजन्तु विचल्लीमा पर्छन्, धेरैजसो मर्छन् । चराचुरुङ्गी र वन्य जीवजन्तुहरूको बासस्थान जोखिममा पर्छ । आगो फैलिँदै गयो र नियन्त्रणमा आएन भने त्यो नजिक रहेका गाउँबस्ती पनि नष्ट हुनपुग्छ । मानिसको बासस्थान जोखिममा पर्न जान्छ । वनजंगलमा हुने आगलागीले इकोसिस्टम नै प्रभावित हुनपुग्छ ।
– उत्पल देवकोटा, आँबुखैरेनी, तनहुँ

प्रकाशित : चैत्र १९, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?