कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् पुनर्गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब नयाँ काम गरेर देखाउने भएका छन्  । त्यो यस्तो महान काम हो कि मन्त्रीले काम गर्न नसेको भन्दै मन्त्रिपरिषदकै पुनर्गठन  ।

झुटा काम गरेर जनतालाई थाङ्नामा सुताउनुभन्दा त बरु कामै नगरेको वेश । प्रधानमन्त्री ओलीले पहिले आफूले ऐना हेर्न जान्नुपर्छ, अनि अरुको अनुहारको दाग देखाउन सुहाउँछ । उनले अहिलेसम्म गरेका कुन–कुन काम सफल भए ? त्यसको लेखाजोखा खोइ ? उद्घाटन गर्दै हिँड्ने हो भने त उनले पाँच वर्षमा गर्छु भनेका सबै कामको उद्घाट र शिलान्यास अहिल्यै गरिदिए भइहाल्यो नि । उनले तामझामसाथ उद्घाटन गरेका बिजुली बस अहिलेसम्म कति किलोमिटर गुडे ? पानीजहाज कार्यालयको उद्घाटन गरे, तर उद्घाटनको भोलिपल्टै त्यो पनि बन्द भयो । मेलम्चीको पानी काठमाडौंको धारा–धारामा झर्छन् भनेको कतिपटक भयो ? ग्यासका सिलिन्डर कहिले विस्थापन हुने हो ? सबै नेपालीले पेटभरि भात खान पाउने र गरिब, दुःखी जनता भोकै–नाङ्गै भएर मर्न नपर्ने दिन कहिले आउने हो ? प्रधानमन्त्री ओलीले यस्ता धेरै आश्वासन पटक–पटक जनतामा देखाए, तर एउटै पनि पुरा भएनन् । अझ आश्वासनकै खेती गर्दैछन् । आफ्नो कार्यकालको एकवर्षे उपलब्धि केही देखाउन नसकेपछि अब उनी मन्त्रिपरिषद पुनर्गठन गर्नतिर लागेका छन् । ‘नाच्न नजान्ने आँगन टेडो’ भनेको यही हो ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : फाल्गुन १५, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?