कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेत बाँझिएको छैन

काठमाडौँ — माघ ७ गते कर्णाली प्रदेश कालिकोट जिल्लास्थित जारकोट–राम्नाकोट जिल्ला सडक आयोजनामा ‘जथाभावी सडक खन्दा खेत बाँझै’ समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

बेलायत सरकारको अनुदान सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत जिल्ला सडक निर्माण गर्दा मेसिन तथा विस्फोटक पदार्थको प्रयोग नगरी श्रममा आधारित वातावरण मैत्री प्रविधिको प्रयोग गरिन्छ्र । यस कार्यक्रमको नीति अनुरुप सडक निर्माण कारणले क्षति भएका सिंचाइ कुलो, गोरेटो–घोरेटो बाटो, खानेपानी तथा मठमन्दिरका संरचनालाई पूर्ववत अथवा अझ राम्रो अवस्थामा पुन:स्थापना गरी सञ्चालनयोग्य बनाइन्छ । उक्त सडक निर्माणको सिलसिलामा क्षति पुगेका अधिकांश स्थानीय पूर्वाधार पूर्णरूपमा पुन:स्थापना गरी सञ्चालनमा आइसकेको र बाँकी केही अन्तिम चरणमा रहेको अवगत गराउँछौं । समाचारमा उल्लेख गरिए जस्तो डोजर प्रयोग गरी सडक निर्माण गरिएको तथा सडक निर्माण गर्दा क्षति भएको सिंचाइ कुलोको कारणले २५ परिवारको खेत बाँझै रहेको भन्ने कुरा वास्तविकतासँग मेल खाँदैन ।

– माइकल ग्रिन, प्रोग्राम मेनेजर

प्रकाशित : माघ १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?