स्थायी सरकारको भूमिका

काठमाडौँ — छिटो–छिटो काम सकिनेगरी सेवाग्राहीलाई मिठो मुुस्कानसहित सेवा दिनुपर्ने सरकारी कर्मचारीले उल्टै झन्झट थपिदिने गरेको पाइन्छ ।

कामका लागि कतिपय अफिसमा जाँदा राष्ट्रसेवक भनिएकाहरूको रुखो व्यवहारका कारण प्रताडित हुनुपरेको अनुभव मसँग छ । नयाँ नेपाल निर्माणमा यस्ता व्यवहारले ठूलो धक्का दिने पक्का छ । लोकतन्त्र भनेको नारा हैन, व्यावहारिक परिवर्तन हो । देश निर्माण गर्न र समृद्धि ल्याउन सबैले आ–आफ्नो ठाउँबाट गच्छे अनुसार योगदान गर्नुपर्छ । जनप्रतिनिधिहरूको गहन जिम्मेवारी त आफ्नो ठाउँमा छँदैछ, स्थायी सरकार मानिने कर्मचारीले पनि यो कुरा राम्ररी बुझ्न आवश्यक छ ।

– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : माघ १७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?