कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीको पर्खाल

काठमाडौँ — करोडौं खर्चेर बनाएको ७ किलोमिटर लामो पर्खाल ५ वर्षमै भत्काउनपरेमा त्यसको के अर्थ ? भविष्यको बाधक घर होस् कि पर्खाल, कसैले पनि बनाउनु राम्रो होइन ।

तर अहिले वागमतीलाई सुन्दर बनाउने नाममा त्यही नहुनुपर्ने कार्य भइरहेको छ । भइरहेको सडकलाई साँघुरो पारी वागमतीको दुबैतर्फ पर्खाल लाउने कामले भविष्यमा विकराल जामको समस्या ल्याउनेछ ।


यसलाई रोक्नु जरुरी छ । यतिखेर वागमती नदीको सौन्दर्यकरणको काम जोडतोडले हँुदैछ । सहरी विकास मन्त्रालयको रेखदेखमा बन्नथालेको ‘वागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट’ १ अर्ब ९० करोड २८ लाख ५८ हजारमा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र रेनकोन लामा कम्पनीले संयुक्त रूपमा ठेक्का लिएका हुन् ।


२०१६ नोभेम्बर ४ मा लिएको ठेक्का ७ दिनपछि अर्थात २०१९ फेबु्रअरी २ मा पुरा हुने आयोजनाले टाँसेको सूचना बोर्डमा लेखिएको छ । तर कामको प्रगति हेर्दा अझ धेरै समय लाग्ने देखिन्छ । नामै वागमती नदी सौन्दर्यकरण भनिएकोमा स्थानीय सबै खुसी छन्, तर आयोजनाले हालै नदी छेउको सडक साँघुरो हुनेगरी सडकको बीचमै लगाउन थालेको करिब २ मिटर अग्लो र ७ किलोमिटर लामो पर्खालले भने सबै स्थानीय चिन्तित छन् ।


यसलाई सहरी विकास मन्त्रालयले रोकी पुनर्विचार गर्नु आवश्यक छ । भविष्यमा सडक जाम नहुनेगरी पर्खाल लाउन वा डिजाइन परिवर्तन गरेर मात्र काम अघि बढाउन सहरी विकास मन्त्रालयले पुनर्विचार गरोस् । राष्ट्रको करोडांै धनसम्पत्ति बनाउने र भत्काउने खेलमा नष्ट नहोस् ।

–गोपाल देवकोटा, गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं

प्रकाशित : माघ १२, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?