कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए सपथ

काठमाडौँ — राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीलाई सपथ गराए ।

योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए सपथ

मन्त्रिपरिषद् बिहीबार आयोगको उपाध्यक्षमाअधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् ।

उपाध्यक्ष अधिकारीले आयोगका सदस्यहरु डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई सपथ गराएका थिए।

प्रकाशित : श्रावण ११, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×