कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सभापति यादव र सांसद किराँतीबीच संसदीय समितिमा चर्काचर्की

सुरज कुँवर

काठमाडौँ — संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा राजकिशोर यादव र नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वपर्यटनमन्त्री सुदन किराँतीबीच चर्काचर्की भएको छ । आज चार वटा विषयमा छलफलका लागि समिति बाेलाइएकाे थियाे ।

सभापति यादव र सांसद किराँतीबीच संसदीय समितिमा चर्काचर्की

ईयु सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगती र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरुको सम्झौताको सम्बन्धमा छलफल थियाे ।

समिति सभापति यादवले समय कम रहेकाले सांसद किराँतीलाइ विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गरे । ‘विषयमा केन्द्रित भएर राख्नुहोस्,’ सभापति यादवले भने । लगत्तै विषयभन्दा बाहिर नगएको भन्दै किराँतीले भने, ‘तपाईंले बुझ्न समस्या भयो ।’

लगत्तै यादवले भने, ‘माननीयज्यूले हद पार गर्नुहुन्छ ।’

किराँतीले चार/चार वटा विषयमा बोल्नुपर्दा लामो भएको र आफूले छोट्याएको समेत बताए । सांसद किराँतीले भने, ‘तपाईं दोहोरो संवाद गरेर समय नष्ट गर्ने, एजेन्डा राखेपछि हामीले बोल्न नपाउने ?

किराँतीले नयाँ मन्त्रीसँग चार वटा विषयमा किन छलफल राखेको भन्दै प्रश्न गरे । लगत्तै आफू नबोल्ने भन्दै किराँती बाहिरिए ।

प्रकाशित : श्रावण १०, २०८१ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×