कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४३

टीआरसी टुंग्याउन सहजीकरण संयन्त्र

काठमाडौँ —  लामो समयदेखि थाती रहेका सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) र बेपत्ता छानबिनसम्बन्धी विषय टुंगो लगाउन प्रमुख तीन दलको सहजीकरण संयन्त्र गठन भएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा उक्त संयन्त्रमा रहनेछन् ।

टीआरसी टुंग्याउन सहजीकरण संयन्त्र

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गत बिहीबार संयन्त्र बनाउनेबारे सैद्धान्तिक सहमति भएको थियो । उक्त सहमतिअनुसार आइतबार सहजीकरण गर्ने संयन्त्रमा बस्ने व्यक्तिहरूको नाम टुंगो लागेको हो ।

‘तीन दलबीच केही दिनअघि नै सहजीकरणका लागि एउटा संयन्त्र बनाउने कुरा भएको थियो । त्यहीअनुसार गठन भएको हो । टीआरसीसँग सम्बन्धित गाँठो परेका विषयहरू फुकाउन यसले सहजीकरण गर्नेछ,’ एमाले प्रमुख सचेतक बर्तौलाले भने । उनले योसँग सम्बन्धित विषयहरूलाई साँघुरो बनाउने र सहमतिमा पुग्ने बताए ।

कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्मा थन्किएको छ । दुवै गठबन्धनका प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन ।

एमाले, माओवादीको सहकार्य सुरु भएपछि टीआरसीमा एमाले लचिलो देखिए पनि कांग्रेसले चासो नदेखाएका कारण संसद्मा थन्किएको छ ।

प्रकाशित : असार १८, २०८१ ०५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×