आजको मौसम

काठमाडौँ — हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी  भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजको मौसम

कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेस र वाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज रति कोशी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र मधेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : असार २, २०८१ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x